Thursday, April 22, 2010

खुम्चिदै छ पत्रकारिता

— जनकराज सापकोटा
म्ाोफसलका अधिक सम्पादकहरू नियमित अखबार प्रकाशन हुनुको खुशीमा खुम्चिएका छन्। स्थानीय राजनीतिक दलको चर्को दबाब, हिंसात्मक समूहको निरन्तरको खप्की र पत्रिकाको आर्थिक व्ययभार सबैले किचिएका छन् मधेशका सम्पादहरू। मिडियाको सामाजिक प्रभाव र चौंथौ अङ्ग हुनुको दायित्व निर्वाह गरे/नगरेको ख्याल न सम्पादकलाई छ, न मिडिया उपभोक्ताहरूलाई नै।
मिडियाको भूमिका कमजोर र भुत्ते बन्दै गएको मधेशका मिडिया उपभोक्ताको आकलन छ। चैतको अन्तिम साता सिराहा र लाहान बजारको एक चिया पसलमा स्थानीय मानिसहरू मधेशका पत्रकारहरू ंिहंसात्मक समूहको मुखपत्र जस्तो भएको चर्चा गर्दै थिए। उनीहरू भन्दै थिए, …जनताका कुरा र सुशासनका कुरा लेख्न छाडेर अखबारहरू अपहरण र धम्कीका समाचार लेख्नमा बढी व्यस्त भए भन्नेमा केन्द्रित थियो। त्यसका पछाडि सम्पादकहरूका पनि आफ्नै किसिमका बाध्यताहरू रहेका छन्। धेरैजसो अपहरणकारीहरू अपहरणका घटना मिडियामा आउन सके आफ्नो शक्ति बिस्तारका निम्ति सहायक हुन्छ भन्ने मान्यता राख्छन्।
मधेश आन्दोलनपछि स्थानीय मानीसहरूमा मिडियाको भूमिकाप्र्रति यस्ता टिप्पणी प्रगाढ बन्दै गएको छ। यसका पछाडि हिंसात्मक समूहको चर्को दबाब र कमजोर प्रशासन पनि उत्तिकै जिम्मेवार छ। लाहानका पत्रकार रामानन्द गुप्ता पनि यो कुरा स्वीकार्छन्। मधेशवादी राजनीतिक दलको कटुतापूर्ण सम्बन्ध पनि मधेशका मिडियाका लागि प्रत्युत्पादक भएको छ। विभिन्न मधेशवादी दलका केन्द्रीय नेताहरू जिल्ला छिर्छन्, आमसभा गर्छन् र अन्य मधेशवादी दललाई गालीको फोहोरा छुटाउछन्। ती नेताहरू बारम्बार आफ्नो सकरात्मक मिडिया कभरेजका लागि सम्पादकहरूलाई दबाब दिइरहेका हुन्छन्। सम्पादकले राजनीतिक दलका स्थानीय स्तरका कार्यकर्ताबाट पनि सोही प्रकारको दबाबको सामना गर्नुपर्छ।
मधेशी जनअधिकार फोरमको मधेश बन्दको समाचार प्रकाशित गरेको भोलिपल्टै जनकपुरका एक सम्पादकले स्थानीय कार्यकर्ताबाट खप्की खानुपरेको थियो। उनी भन्छन्, …मधेशका दलले जे गरे पनि सकारात्मक एंङ्गलबाट समाचार लेख्नुपर्ने दबाब तीव्र छ।' उनकाअनुसार बलको राजनीतिक बाटोमा अग्रसर कार्यकर्ताहरूले आफू र आफ्नो दललाई कसरी प्रस्तुत गरेको छ भन्ने ध्यान राख्छन्, र नकारात्मकजस्तो लाग्यो भने सम्पादकलाई धम्क्याउछन्।
समाचार–स्रोतसम्मको कमजोर पहुचका कारण पनि मधेशमा पत्रकारिता जोखिमपूर्ण बन्दै गएको छ। खास गरी हत्या र अपहरणका घटनाका समाचार हत्तपत्त प्रहरी प्रशासनले उपलब्ध गराउदैन। लाहानका गरिबनाथ शाहको छोरा अपहरण प्रकरणको सर्न्दभमा सिराहका नागरिक संवाददाता मिथिलेश यादव भन्दै थिए, …अपहरण भएको हो कि होइन भन्नेमै प्रहरी प्रशासन घटना भएको १२ घण्टासम्म अन्योलमै हुन्छ, यस्तो अवस्थामा अपहरण भएको भन्ने पक्का भइसक्दा पनि हामी समाचार लेखिहाल्ने हिम्मत गर्न सक्दैनां।' लाहानका पत्रकार रामानन्द गुप्ता समाचार–स्रोतबाट पत्रकारहरूलाई टाढा राख्ने काममा प्रहरी प्रशासन नै लागिपरेको बताउछन्। उनी भन्छन्, …अनि समाचारको स्रोत कमजोर हुने त भइहाल्यो नि ' सप्तरीका पत्रकार राजकुमार पासवान भन्छन्, …पत्रकारिता बढी जोखिमपूर्ण बन्दै गएको छ।'

अरुण सिघानीयाको हत्यामा हप्ता दिनजसो बहृत् समाचार कभरेजमा रहेका जनकपुरका अखबारहरू लगत्तै प्रशासनद्वारा पत्रकार कुटिएको समाचार कभरेजमा व्यस्त रहे।

स्थानीय पत्रिकाका लागि समाचार के हो, र समाचार के होइन भन्ने विषयमा नै मधेशका धेरै सम्पादकहरू अलमलमा छन्। अधिकांश अखबारहरूले आफ्ना भित्री पेज जबर्जस्त भरेका देखिन्छन्। जसमा कि त विदेशका सर्न्दभहीन बासी समाचार हुन्छ, कि त कुनै रङ्गीन उपन्यासको केही अंश । राजधानीका विभिन्न नेटवर्कमा आबद्ध एफएमका समाचारहरूमा पनि अधिक भाग केन्द्रीय समाचारकै हिस्सा देखिन्छ। जनतासग प्रत्यक्ष जोडिएका समाचार र जीवनशैलीका कुरा न त स्थानीय अखबारमा भेट्न सकिन्छ न त स्थानीय एफएममा नै। त्यसका पछाडि पत्रकारको जा“गर, मिडियाको आर्थिक हैसियत र व्यवस्थापनको चर्को दबाब सबै जिम्मेवार छ।
अरुण सिघानीयाको हत्यामा हप्ता दिनजसो बहृत् समाचार कभरेजमा रहेका जनकपुरका अखबारहरू लगत्तै प्रशासनद्वारा पत्रकार कुटिएको समाचार कभरेजमा व्यस्त रहे। यसबीचमा चैत ६ गते जनकपुरमै बलात्कृत महिला सफिना खातुनको समाचार कभरेज ओझेलमा पर्‍यो। सर्लाहीका पत्रकार निमेष कर्ण पछिल्ल्ाा दिनमा मधेशको पत्रकारिता प्रतिरक्षात्मक अवस्थामा गुजि्रएको बताउछन्। उनी भन्छन्, …केन्द्रका कामकारबाहीबाट स्थानीयस्तरमा परेको असरबारे बोल्न मधेशका मिडिया डर मान्दैनन्, तर स्थानीय स्तरबाटै उब्जिएका समस्या र सार्वजनिक भइसकेका दोषीको बारेमा भने लेख्न डराउछन्। यसका पछाडि कमजोर सामाजिक सुरक्षा र पत्रकारिताको विगतले काम गरेको छ।